अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घट्यो
२४ जेठ, रौतहट । अन्तर्राष्ट्रिय हवाइ इन्धनको भाउ घटाएको नेपाल आयल निगमले जनाएको छ ।
यही जेठ २३ गते (आइतबार)रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य २० प्रतिशतले निगमले घटाएको हो ।
इन्धनको २० प्रतिशतले मूल्य घटाएसंगै हवाइ भाडासमेत घटेको आयल निगमले जानकारी दिए । अन्तर्राष्ट्रिय वायुसेवा निगमका अनुसार एयरबस ३३० वाइडबडी जहाजको प्रति २ हजार ६० डलरले भाडा घटाइएको छ ।
यसअघि प्रतिघण्टा १५ हजार ५ सय २० अमेरिकी डलर लिँदै आएको निगमले अब १३ हजार ४ सय ६० अमेरिकी डलरमा झरेको जानकारी दिए ।






