पत्रकारलाई कोरोना परीक्षण गराउँदा केडिसी ल्यावले ५० प्रतिशत छुट दिने निर्णय

   १५ जेष्ठ २०७८, शनिबार १५:०१  

 

१५ जेठ, रौतहट । बसुन्धारामा रहेको केडिसी पीसीआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा कोरोना परीक्षण गरिदिने भएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा केडिसी पीसीआर ल्यावले पत्रकारलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा र कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको केडिसी ल्याब व्यबस्थापन बिच उक्त सम्झौता भएको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु, ललितपुर शाखा सदस्यहरु, भक्तपुर शाखा सदस्यहरु, सम्पुर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्ने महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।