सुनको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
१४ जेष्ठ २०७८, शुक्रबार १३:४४
१४ जेठ, रौतहट । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ, भने चाँदीको भाउ स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, शसक्रबा तेजावी सुनको भाउ प्रतितोल मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, पछिल्लो तीन दिनदेखि चाँदीको कारोबार १ हजार ३ सय ५० रुपैयाँमा नै भइरहेको महासं३ले जनाएको छ ।






