सरकारले फेसबुक संग ९२१ प्रयोगकर्ताको डेटा माग्यो
८ ज्येष्ठ, रौतहट । सरकारले फेसबुक संग ९२१ जना प्रयोगकर्ताको डेटा मागेको छ । सरकारले कानुनी प्रक्रिया पुरा गर्न यस्तो विवरण माग गरेको हो ।
फेसबुकले स्थानीय कानून र आफ्नो सेवाको शर्त अनुसार सरकारको आग्रहमा प्रयोगकर्ताको डेटा उपलब्ध गराउँदै आएको छ ।
नेपाल सरकारले फेसबुकसँग माग गरेको प्रयोगकर्ताको विवरण संख्या

तस्बिर: फेसबुक ट्रान्सपरेन्सी रिपोर्ट
कतिपय अवस्थामा फेसबुकले थप आधार माग गर्ने तथा त्यस्ता अनुरोधलाई अस्वीकार समेत गर्दछ । सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्र सरकारले ५५९ जना प्रयोगकर्ताको डेटा माग गर्दै ४०६ पटक फेसबुकसँग सम्पर्क राखेको छ ।
जब कि वर्षको सुरुवाती छ महिनामा २८३ पटकको अनुरोधमा ३६२ जना प्रयोगकर्ताको जानकारी मागिएको थियो । पछिल्लो पटकको अनुरोधमा ३८० वटा कानूनी प्रक्रियास“ग र २६ वटा आपतकालीन खुलासा सँग सम्बन्धित रहेका थिए ।
कुल अनुरोधमा ६२ प्रतिशतमा फेसबुकले प्रयोगकर्ताको डेटा उपलब्ध गराइएको उल्लेख गरेको छ ।






