अक्सिजन सिलिण्डर लिन एउरलाइन्सको जहाज आज चीन जादैँ

   २७ बैशाख २०७८, सोमबार १०:५५  

२७ बैशाख, रौतहट । नेपाल वायुसेवा निगमको एयरबस ३३० जहाज आज अक्सिजन सिलिण्डर लिनका लागि चीनको राजधानी बेइजिङ जादैँ छ ।

सोमबार गएराति करिब ११ः३० बजे उड्ने बाइडबडी जहाज बेइजिङ पुग्ने नेपाल एउरलाइन्सका एक अधिकारीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजेतिर स्वदेश आइपुग्ने छ । १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयका अनुसार चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ । पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो ।