नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग
२० बैशाख, रौतहट । विश्व व्यापीरुपमा फैलिएको कोरोना माहामारीका बेला चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्ड सहयोग गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चाँडौ नै अक्सिजन सिलिन्ड काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सिलिन्डरहरु हवाई तथा स्थलमार्गबाट ल्याउँने प्रक्रिया अगाडि बढाइएको छ ।
चीनले दिन लागेको सिलिन्डरलाई नेपाल भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको समेत डा. गौतमले बताए ।






