नेपालबाट तेस्रो मुलुक जाने बिदेशीहरुलाई रोक
द नेपाल मिडिया
१४ बैशाख २०७८, मंगलवार १४:२६
१४ बैशाख, रौतहट । नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने विदेशी नागरिकहरुलाई रोक लगाइएको छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो । कोभिड १९ को जोखिमलाई मध्यनजरमा राख्दै विभागले यो निर्णय गरेको हो ।
निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्नर विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते राति १२ बजेबाट लागू हुनेगरी रोक लगाइएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छु, विज्ञप्तिमा उल्लेख गरिएको छ ।