काठमाडौँबाट घर फर्किनेहरुको भीड

   १४ बैशाख २०७८, मंगलवार १३:२१  

१४ बैशाख, रौतहट । कोरोना संक्रमितको संख्या प्रतिदिन थपिदैँ जादाँ प्रशासनले निषेधाज्ञा जारी गर्ने भएकाले काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको भीड बढेको छ ।

कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा आज बिहानैबाट सर्वसाधारणहरुले गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका स्रोतले जानकारी दिए ।

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईले दिएका अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय भएको २४ घण्टामा मात्रै करिब ५० हजार ४ सय ५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका स्रोतले बताए ।

गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् ।