८ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय आरोपी पक्राउ
१४ बैशाख, रौतहट । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
तनहुँ जिल्लाको दमौली नगरपालिका वडा नम्बर १४ घर भएका हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ नैकाप बस्दैँ आएका ६३ वर्षीय कमल थापालाई ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका आरोपी थापालाई हिरासदमा राखी यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।