कोरोनाका कारण रौतहटमा एक पुरुषको मृत्यु
द नेपाल मिडिया
१४ बैशाख २०७८, मंगलवार १२:०६
१४ बैशाख, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक व्यक्तिको ज्यान गएको छ । संक्रमणका कारण गौर नगरपालिका वडा नं. २ का ७० वर्षिय एक वृद्धको ज्यान गएको हो ।
गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीका ती वृद्ध होम आइसोलेसनमा रहेका थिए । बैशाख ११ गते संक्रमण पुष्टी भए पछि घरमै आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्य अवश्था बिग्रिए पछि उपचारको लागी गौर अस्पतालमा लग्ने क्रममा उनको मृत्यु भएको हो ।
होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्य अवश्था जटिल भए पछि गए राति उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल पुग्नु भन्दा पहिलेनै मृत्यु भए पछि उनको आज अन्तीम संस्कार हुने प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । मृतक वृद्ध दमका समेत रोगी रहेका थिए ।