कास्कीमा भोलीदेखि एक साता निषेधाज्ञा जारी
१४ बैशाख, रौतहट । कोरोना माहामारीका कारण जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबार देखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवथापन केन्द्रको सोमबार बसेको बैठकले भोली वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
दिन प्रति दिन तीव्र रुपमा फैलिरहेको कोरोनाबाट संक्रमित भएका ९ सय ३७ जना उपचाररत संक्रमित गण्डकी प्रदेशमा रहेका छन् । कास्कीमा मात्रै सक्रिय संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।
जारी गरिएको निषेधाज्ञा अनुसार विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ । साथै १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ ।