सर्लाहीबाट पेस्तोल र चरेससहित एक भारतीय नागरिक पक्राउ

   १३ बैशाख २०७८, सोमबार १२:४७  

१३ बैशाख, रौतहट । सर्लाहीबाट पेस्तोल र चेरससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सदरमुकाम मलंगवाबाट भारत बिहार सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिस्नपुर वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीपकुमार महत्तोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयूक्त टोलीले बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकलमा सवार महत्तोलाई रोकि चेक जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल २ थान र लागूऔषध चरेश ५ सय ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

महत्तोलाई आइतबार राति नै मलंगवा नगरपालिका वडा नम्बर ६ खुटौनाबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।