सर्लाहीमा कारेन्ट लागेर एक जनाको मृत्यु
द नेपाल मिडिया
१२ बैशाख २०७८, आईतवार १४:५०
१२ बैशाख, रौतहट । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ७ लाल दियर पोखरी टोल बस्ने २५ वर्षीय अजय राउतको करेन्ट लागेर शनिवार राति नै मृत्यु भएको प्रहरुले जनाएको छ ।
आफ्नै घरको सुत्ने कोठामा टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।