आफ्नै बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

   १० बैशाख २०७८, शुक्रबार १२:१५  

१० बैशाख, रौतहट । आफ्नै बुवाको हत्या गरेको आरोपमा सुनसरीबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ स्थित प्रकाशसपुर बस्ने ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका १७ वर्षीय छोरालाई नियन्त्रणमा लिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । घाइते उपेन्द्रको उपचारकै क्रममा बिहिबार मृत्यु भएको प्रहरीले जनाए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

आरोपी छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।