राैतहटमा मास्क नलगाएका १२० जनालाई जरिवाना
द नेपाल मिडिया
९ बैशाख २०७८, बिहीबार २२:५८
९ वैशाख, राैतहट । राैतहटमा मास्क नलगाउने १२० जना मानिसलाई प्रहरीले आज जरीवाना गरेकाे जिल्ला प्रशासन कार्यालयले जानकारी गराएका छन् । मास्क नलगाउनेहरुलाई रु. १०० काे दरले जरीवाना तिर्नु परेकाे छ ।
आज कुल १२० जनालाई कार्वाही गरी रु.१२ हजार राजश्व संकलन भएकाे जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति मार्फत बिहिबार जनाएकाे छ । त्यस्तै ६६७ जना पुरुष र ४३७ जना महिलालाई कुल ११२० जनालाई एक घण्टा राेकी सम्झाई बुझाई छाडिएकाे व्याहाेरा समेत विज्ञप्तिमा उल्लेख छ ।
रौतहटमा आज परिक्षण गरिएका २० मध्ये १४ जनामा संक्रमण पुष्टी भएको गौर अस्पतालले जनाएको छ ।
जिल्ला स्तरीय कोविड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले रौतहटमा कोरोना नियन्त्रणका लागी आवश्यक पर्ने निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् ।