कोरोनाका कारण थप दुई जनाको मृत्यु
९ बैशाख, रौतहट । कोरोना भाइरस (कोभिड १९)का कारण थप दुई जनाको मृत्यु भएको छ । धरानमा एक जनार बाँकेमा एक जना गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
धरान उपमहानगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार राति ११ः ५७ बजे उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह(प्रवक्ता डा। चुरामणी पोखरेलले जानकारी दिए ।
उनी दमको रोगी समेत रहेको पोखरेलले बताए । स्वास्थ्यमा समस्या भएपछि, यही वैशाख ७ गते अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट आएको पोजेटिभ आएको उनका उपचारकै क्रममा हिजो गए राति मृत्यु भएको पोखरेलले बताए ।
त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया वृद्ध महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओली जनाए ।
७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।
उपचारको क्रममा आज बिहान करिब २ः१५ बजेतिर उनको मृत्यु भएको हो ।