चिनियाँ राजदुतलाई लक्षित गर्दै पाकिस्तानमा बम विस्फोट, ४ जनाको मृत्यु
द नेपाल मिडिया
९ बैशाख २०७८, बिहीबार १०:०४
९ वैशाख, रौतहट । पाकिस्तानको क्वेटा सहर स्थित लक्जरी होटलमा शक्तिशाली बम विस्फोट हुदाँ चार जनाको मृत्यु भएको छ । विस्फोटमा परी १२ जना गम्भीर घाइते समेत भएका छन् ।
बीबीसीले तयार पारेको समाचार अनुसार पकिस्तानको क्वेटास्थित एक होटलमा भएको बम हमला चिनियाँ राजदुतलाई लक्षित गरी भएको थियो । सेरेना होटलको कार पार्किङ गर्ने ठाँउमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदुत नोन रङलाई लक्षित गरि भएको बीबीसीले जनाएको छ ।
उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोट हुदाँ उनी घटना स्थलमा उपस्थित थिएन्न । यो घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । घटनामा घाइते तथा मृत्युभएको शवहरुलाई अस्पताल पुर्याइएको छ ।