कोरोनाको नयाँ रेकर्ड; एकैदिन थपिए २३५१ संक्रमित

   ८ बैशाख २०७८, बुधबार १७:०८  

८ बैशाख, रौतहट । नेपालमा कोरोनाको दोस्रो लहर नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रलयका अनुसार विगत २४ घण्टामा ८ हजार ८ सय ४४ जनाको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार २ सय २० जना र एन्टिजेन परीक्षणबाट १ हजार १ सय ३१ जनागरी २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर संक्रिय संक्रमितको कुल संख्या १० हजार ५ सय ८२ रहेको छ । यस्तै बितेको २४ घण्टामा थप २ सय ८७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

त्यसैगरी, आज थपिएका कोरोना संक्रमितहरु मध्ये काठमाडौं उपत्याकामा मात्रै १ हजार १ सय ५१ जना रहेका छन । काठमाडौंमा ७ सय ८६ भक्तपुरमा ८४ र ललितपुरमा १ सय ८१ जनागरी १ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।