पर्साबाट १९ किलो गाँजासहित एक जना पक्राउ

   ८ बैशाख २०७८, बुधबार १५:०३  

 

८ बैशाख, रौतहट । पर्साबाट गालूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली टोल बस्ने ४४ वर्षीय उमर अन्सारीलाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शंका लागेपछि मोटरसाइकल रोकी अन्सारीको शरीर र मोटरसाइकललाई रितिपूर्वक चेकजाँच गर्दा लेगगार्डमा झुण्डायाएको दुईवटा कालो प्लास्टिकको झोलाभित्र राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

अन्सारीको साथबाट १९ किलो गाँजा बरामद भएको समेत खनालले जनाए । यसबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।