फ्लोइडको हत्यामा पूर्व प्रहरी अधिकारी दोषी ठहर
८ वैशाख, रौतहट । अमेरिकामा गत वर्ष मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको हत्यालाई लिएर हिरासतमा रहेका एकजना पूर्व प्रहरी अधिकारी डेरेक शोभिन हत्याकाे दोषी ठहर भएका छन् ।
अेमेरिकामा एउटा जुरीले पूर्व प्रहरीलाई हत्याको दोषी ठहर गराएका छन् । गत वर्षको मे महिनामा प्रहरी अधिकारी डेरेक शोभिनले करिब नौ मिनेटको एउटा भिडियो सार्वजनिक गरेका थिए जसमा । त्यो भिडियो प्रहरीद्धारा अधिक बल प्रयोगविरुद्ध विश्वव्यापी प्रदर्शन निम्त्याइ दिएको थियो ।
शेभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन् । शोभिनलाई जेल चलान नहुदाँसम्म हिरासतमै बस्नुपर्ने छ र बाँकी जिवन जेलमै बिताउनु पर्ने हुनेछ ।
दुवै पक्षबाट सोमबार अन्तिम तर्कहरु प्रस्तुत गरियो जस पश्चात् १२ जना सदस्य रहेको जुरी एक दिनभित्रै आफ्नो निर्णयमा सुनाएका थिए । जुरी सदस्यहरु एकमत भएका थिए र उनीहरुले निर्णय नगर्दा घर नफर्किने बताएका थिए । निर्णयपछि अदालतबाहिर खुशी मनाउनेहरुको भिड देखिएको थियो ।
बीबीसी