सिरहाबाट पेस्तोलसहित एक जना प्रहरी नियन्त्रणमा
८ बैशाख, रौतहट । कटुवा पेस्तोलसहित सिरहाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका वडा नम्बर ३ परियारपुर का ५५ वर्षीय बालेश्वर यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवको घर तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।
उनको साथबाट १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ ।