चितवनमा जिपको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु

   ८ बैशाख २०७८, बुधबार १०:४६  

८ वैशाख, रौतहट । जिपको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे बस्ने ७२ वर्षीया मेनुका ओलीको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

बा३च २१८७ नम्बरको बोलेरो लोथरबाट खैरहनीतर्फ आउँदै गरेकोे क्रममा राप्ती नगरपालिका ३ झुरझुरेमा बाटोमा हिडिरहेकी ओलीलाई मंगलबार साँझ करिब ६ः३० बजेतिर ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याएपनि गए राति १२ः३० बजेतिर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ । पक्राउ परेका चालकलाई हिरासदमा राखी घटना बारे थप हनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।