वीरगञ्जमा उपचाररत संक्रमितको मृत्यु

   ७ बैशाख २०७८, मंगलवार १५:१८  

७ बैशाख, रौतहट । पर्सामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

भारतबाट केही दिन अगाडि स्वदेश फर्किएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी बस्ने ५७ वर्षीय पुरुषको नारायणी वयोधा अस्पतालमा आज करिब १२ः४५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो ।

भारतबाट आएका केही दिनमा नै उनी बिरामी भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि गत चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए ।

ती संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनिया रहेका समेत श्रीवास्तवले जनाए ।