मंगल ग्रहमा उडयो हेलिकप्टर
७ बैशाख, रौतहट । पृथ्वी भन्दा बाहिर अर्को ग्रहमा पहिलो पटक हेलिकप्टरले उडान गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक एक ग्रहबाट नियन्त्रण गरेर अर्को ग्रहमा उडान गरेका हुन ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहमा सफलतापूर्वक सानो हेलिकोप्टर (ड्रोन) उडाएको हो । नासाले ‘इनजेन्युटी’ नाम दिइएको उक्त ड्रोन मंगल ग्रहमा झण्डै एक मिनेट सम्म उडेको थियो । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले लिएर गएको हेलिकप्टरले सोमबार पहिलो पटक मंगल ग्रहमा उडान गरेको थियो ।

नासाका अनुसार इन्जेन्युटी नामको उक्त हेलिकप्टरले ३९ सेकेन्ड उडान भरेको थियो भने १० फिटको उचाइसम्म पुगेको थियो । उडान क्षेत्रबाट २ सय फिट पर रहेको पर्सिभरेन्सको क्यामेराले इन्जेन्युटीको उडानको भिडिओ कैद गरेको थियो ।
उक्त ड्रोन उडेको नासाका वैज्ञानिकहरुले पृथ्वीबाट प्रत्यक्ष अवलोकन गरेका थिए । नासाले आगामी दिनमा अझै रोमान्चक उडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एजेन्सीको सहयोगमा ।






