डोमिनो इन्डियाको डाटा चोरी,डार्क वेबमा डाटा बेचिदै
७ वैशाख, रौतहट । भारतीय कम्पनी डोमिनो इन्डियाको डाटा चोरी भएको छ । चोरी भएका गा्रहकहरुको जानकारी जस्तै ग्राहककाे नाम, फोन नम्बर र क्रेडिट कार्ड विवरण डार्क वेबमा बेचिरहेको भारतीय संमाचरहरुले जनाएका छन् ।
चोरी भएकोे डाटामा पिज्जा रिटेज चेनले प्राप्त गरेको करिब १८ करोड आदेशहरु समावेश थिए । रिपोर्टका अनुसार डोमिनोज भारतको डाटा प्रथम पटक अप्रिलमा चोरी भएको थियो जसमा ग्राहककाे नाम मात्र थिएन कम्पनीको आन्तरिक फाईलहरु पनि समावेश थिए । साथै कम्पनीका २५० कर्मचारीहरुको जानकारी समेत रहेको थियो । त्यो डाटाबेस १३ टेराबाइट बराबरको थियो ।
साइबरसुरक्षा फर्म हडसन रकका सीटीओ एलन गालले आइतबार टुवीटमा लेख छन् ह्याकरले सो डाटालाई १० बिटक्वाइनमा बेचिरहेको छ , जसको लागत हालको मूल्यामा करिब ५,६९,०० हलर हुन्छ ।
डाटामा डोमिनोजको आन्तरिक फाइलहरु प्नि सामेल छन् जुस सन् २०१५ देखि २०२१ बीचमा उत्पन्न गरिएको थियो । ह्याकरको खोजी कार्य हुदैछ तर हालसम्म कुनै जानकारी प्रहरीले फेला परेका छैन्न ।