भारतबाट भन्सार छली गर्दै ल्याइरहेको समान प्रहरीको नियन्त्रणमा
६ वैशाख, रौतहट । भन्सार छली गरी भारतबाट ल्याउदै गरेको समान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको समान प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।
प्रहरी टोलीलाई हेरेर तस्करहरु फरार भएपछि, बेवारीसे अवस्थामा लेडिज सुरुवाल, थान कपडा, विस्कुट, सर्फ, नेहा तेल, डावर तेल, कस्मेटिक लगायतका समानहरु प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार बरामद भएको सामानहरुको मूल्य करिब १ लाख २६ हजार ९ सय बराबर रहेको छ ।
भन्सार छलीका कार्यहरुलाई नियन्त्रण गर्न प्रहरीले विभिन्न ठाँउमा टोलीहरु खटाएका छन् ।
लक्ष्मिपुर बेलबिछुवाबाट आइतबार प्रहरीले BR.30 F-5584 नम्बरको मोटरसाइकलमा अं.मुल्य रु.१० हजार ९ सय ९० बराबरको डिजल लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । मान्छे फरार भए पनि प्रहरीले मोटरसाइकल सहित डिजल नियन्त्रणमा लिएको छ ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं.९ डुमरीया स्थित नेपालबाट भारत लैजानको लागि सिमा दशंगजा नजिकमा लुकाई छिपाई राखेको ४ कुईन्टल ६ किलो मसुरो प्रहरीले बेवारीसे अवस्थामा फेला पारेका छन् । मसुरोको अन्दाजी मुल्य रु. १ लाख ७० हजार ४२० रहेको प्रहरीले जनाएको छ ।
बरामद भएका सम्पुर्ण सर समान गौर भन्सारमा बुझाईएको प्रहरीले जनाकारी दिएका छन् । शनिवार देखी सोमबार सम्म खटीएका प्रहरी टोलीले भन्सार छली गर्ने तीन कार्यलाई हुनबाट रोके छ । कोरोनाभाइरसको कारण बन्द रहेको भारत नेपाल सिमाले गौर बैरगनिया नाकामा तस्करी बढ्दै गएको छ ।