मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
द नेपाल मिडिया
५ बैशाख २०७८, आईतवार १४:१६
५ बैशाख, रौतहट । सिमावर्ती बजार सम्पुर्णानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ४२ बर्षिया राजु बोहरा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार शनिबार साँझ भारतको उत्तरप्रदेश स्थित सम्पुर्णानगर बजार नजिकै सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बोहराको मृत्युु भएको हो ।
यस्तै, सोही मोटरसाईकलमा पछाडि सवार सोही नगरपालिकाका हात्तीबोझाका अन्दाजी ३० बर्षिया शिव दत्त राना घाइते भएका छन् ।
घाइते भएका रानाको उपचार भइरहेको प्रहरीले जनाएको छ, भने मृतक बोहराको शव पोष्टमार्टमका लागि भारतको लखिमपुर पठाइएको प्रहरीले जनाएको छ ।