बालिका बलात्कार गर्ने आरोपी प्रहरी नियन्त्रणमा

   ५ बैशाख २०७८, आईतवार १२:५९  

५ बैशाख, रौतहट । जबरजस्ती करणी गरेको आरोपमा सप्तरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कन्चनपुर नगरपालिका वडा नम्बर ७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादवलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार आरोपी फरार भएको खबर प्राप्त हुनसाथै ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका आरोपीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको कन्चनपुर प्रहरीले जनाएको छ ।