भारतको एक कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु
५ वैशाख, रौतहट । भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरस्थित एक कोरोना अस्पतालमा हुनेमा ४ जना कोरोना संक्रमित रहेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत सर्ट भइ आगलागी भएको थियो । ५० जना कोरोना संक्रमित लगायत १४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।
घटनामा केही बिरामी घाइते समेत भएका छन् । आगलागीपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको थियो ।
छत्तिसगढका मुख्यमन्त्री भुपेश बघेले उक्त घटनामा शोक व्यक्त गर्दै मृतकहरुका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरे।