हैदरावादकाे लगातार तेश्राे हार, मुम्बईकाे दाेश्राे जित
५ वैशाख, राैतहट । आइपीएलकाे खेलमा मुम्बइ इन्डियन्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेकाे हो ।
मुम्बइले दिएको १ सय ५१ रन बनाउन असफल रहेका हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै मुम्बइलाई १३ रनले जित दिएका थिए ।
हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।
हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
मुम्बइका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए ।
हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बइ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइले ३ खेलमा ४ अंक जोडेको छ ।
लगातार तेस्रो हार बेहोरेको हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा छ ।