शुक्रबार अस्पताल भर्ना भएका संक्रमितको शनिबार ज्यान गयो

   ४ बैशाख २०७८, शनिबार ११:३२  

४ बैशाख, रौतहट । धनगढीमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ८८ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समयस्या आएपछि उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

ती संक्रमित वृद्धलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा आप बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।