नेपालमा २४ घण्टामा थपिए ९ सय कोरोना संक्रमित
द नेपाल मिडिया
३ बैशाख २०७८, शुक्रबार १७:०७
३ वैशाख, रौतहट । बितेको २४ घण्टामा नेपालमा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।