बुटवलमा उपचाररत संक्रमित वृद्ध महिलाको मृत्यु

   ३ बैशाख २०७८, शुक्रबार १४:३८  

३ बैशाख, रौतहट । अर्घाखाँचीको शितगंगा बस्ने ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत ती संक्रमित वृद्धको आज उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि गत चैत्र २९ गते उनी लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी थिइन् ।

डा. गौतमका अनुसार संक्रमणबाट मृत्यु भएको वृद्ध महिला स्तन क्यान्सरबाट पनि ग्रसित रहेकी गौतमले बताए ।