सप्तरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
द नेपाल मिडिया
३ बैशाख २०७८, शुक्रबार १०:४७
३ बैशाख, रौतहट । सप्तरीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीमाथि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले आक्रमण गर्दा वृद्धको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जनाए ।
हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले जानकारी दिए ।
मृतक प्रमाणीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइने तयारी भइरहेको प्रहरीले जनाए ।