बालिका बलात्कार गर्ने आरोपी प्रहरी नियन्त्रणमा

   २ बैशाख २०७८, बिहीबार १२:४५  

 

२ बैशाख, रौतहट । मकवानपुरमा एक नाबालिक बालिका बलात्कृत भएकी छन् ।

हेटौंडा महानगरपालिका वडा नमबर ६ पुतलीबजार नजिकै रहेको खहरे खोला बगरमा नयाँ वर्ष (बुधबार) गए राति करिब १०ः३० बजेतिर एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका २३ घर भई हाल हेटौंडामा डेरा गरी बस्दैँ आएका २१ वर्षीय विशाल पासवानलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बालिकाको स्वास्थय परीक्षण गर्न पठाइएको छ, भने पक्राउ परेका आरोपीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।