वीरगञ्जमा उपचाररत संक्रमित महिलाको मृत्यु

   २ बैशाख २०७८, बिहीबार ११:२८  

२ बैशाख, रौतहट । वीरगञ्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा वीरगञ्ज २ बस्ने ४२ वर्षीया महिलाको आज बिहान करिब ८ः१५ बजेतिर आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जनाए ।

स्वास्थ्य समस्या भएपछि गत चैत २९ गते बेलुका ८ बजेतिर उनी नारायणी अस्पतालामा भर्ना भएकी थिइन् । भर्ना भएकै दिन पीसीआर परीक्षण गराउँदा उनका कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

दासका अनुसार मृतक महिलामा श्वासप्रश्वासमा समस्या थियो, भने मोटोपन बढी रहेको उनमा ज्वरो आउने, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।