रौतहटबाट गाँजासहित दुई जना पक्राउ
द नेपाल मिडिया
१ बैशाख २०७८, बुधबार १३:४९
१ बैशाख, रौतहट । अवैध लागूऔषध गाँजासहित प्रहरीले रौतहटबाट दुई जनलाई पक्राउ गरेको छ ।
जिल्लाको कटहरिया नगरपालिक वडा नम्बर २ का २३ वर्षीय शेख सैदुला हाक र सोही स्थानका १८ वर्षीय किशोरलाई मंगलबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई १० किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।