ट्रकको ठक्करबाट एक पत्रकारको मृत्यु

   १ बैशाख २०७८, बुधबार १३:०१  

१ बैशाख, रौतहट । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पत्रकारको घटनास्थलमै मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा जितपुरमा रहेको बुद्धआवाज पत्रीकाको सम्पादन र सेटिङ गरी बुद्धभूमिस्थित घर जाँदै गरेका पौडेलको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गमा अन्तर्गत वाणगङ्गाकै चप्परगाउँस्थित लु५९प ६४४१ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ना४ख ६२१७ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पौडेलको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लैजान तयारी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।