मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
३१ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५ सय १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप १ सय ५३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)का कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यससहित नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ६ सय ८ पुगेको छ ।
यसअघि सोमबार नेपालमा ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, भने १३ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।