कोरोनाका कारण वीरगञ्जमा थप एक जनाको मृत्यु

   ३१ चैत्र २०७७, मंगलवार ११:२१  

३१ चैत, रौतहट । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नमबर ३ प्रगतिनगर बस्ने ६२ वर्षीय वृद्ध पुरुष रहेका हुन् ।

करिब १ महिना अघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि नेपाल आएका थिए । श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनलाई तीन दिनअघि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आज बिहान करिब ८ः२० बजेतिर ती संक्रमित वृद्धको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।