मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु
द नेपाल मिडिया
३० चैत्र २०७७, सोमबार ११:५७
३० चैत, रौतहट । मकवानपुरमा आज बिहानै करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ९ शान्ति चोकमा बस्ने ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।
आज बिहान करिब ९ बजेतिर पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रममा करेन्ट लागेर मृत्यु भएको रिमालले बताए ।