कैलालीमा कोरोनाका कारण एक पुरुषको मृत्यु

   ३० चैत्र २०७७, सोमबार १०:४१  

३० चैत, रौतहट । कोरोना संक्रमणका कारण कैलालीमा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय पुरुषको संक्रमणबाट सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

फागुनको पहिलो साता नै भारतबाट नेपाल आएका उनका स्वास्थ्यमा समस्या भएको थियो । स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती पुरुषलाई कडा प्रकारको निमोनोयासहित अस्पतालमा उपचारका लागि हिजो नै भर्ना गरिएका श्रेष्ठले बताए । उनलाई भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको समेत श्रेष्ठले बताए ।