मनकामना केबलकार चैत ३० गतेदेखि नै पुनः सञ्चालनमा आउने
२ढ चैत, रौतहट । ६ दिनका लागि बन्द गरिएको मकवानपुर केबलकार ५ दिनमै पुनः सञ्चालनमा आउने भएको छ ।
चैत २५ गते देखि ३१ गतेसम्मका लागि बन्द गरिएको केबलकार काम सम्पन्न भएकोले एक दिन पहिला नै पुनः सञ्चालनमा ल्याउने लागिएको हो । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिएको थियो ।
मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै काम सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार देखि नै सञ्चालनमा आउने जनाएको छ ।