मोटरसाइकलको ठक्करबाट पर्सामा एकजनाको मृत्यु
२९ चैत, रौतहट । पर्सामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ, भने चालकसहित ४ जना घाइते भएका छन् ।
जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ठोरी हुलाकी सडकखण्डअन्र्तगत गोपीवस्तीमा ग९प ९५८७ नम्बरको मोटरसाइलले पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका अभिषेकलाई नारायणी अस्पतालमा प्राथमिक उपचार गरी त्याहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल पानीट्याङीमा रिफर गरिएको थियो ।
न्युरो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा अभिषेकको मृत्यु भएको पकार्कीले बताए । मोटरसाइकल चालकलाई सामान्य उपचारपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
अन्य घाइतेहरुको न्युरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।