भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते

   २९ चैत्र २०७७, आईतवार ११:४४  

२९ चैत, रौतहट । भरतपुरमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने अन्य ७ जना घाइते भएका छन् ।

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नम्बरको म्याजिक भ्यान आज बिहान करिब ९ः३० बजेतिर दुर्घटना भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुरमा आज बिहान भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो, भने गम्भीर घाइते भएका ५५ वर्षीय पुरुषको पुराने मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिए । तर, मृत्यु भएका दुवै जनामध्ये कसैको नाम, थर र वतन नखुलेका समेत प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सात जनामध्ये चितवन मेडिकल कलेजमा एक जना, पुरानो मेडिकल कलेजमा दुई जना र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, भने अन्य ५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।