आईपीएल: चेन्नाई सुपर किंग्स दिल्लीसँग पराजित

   २९ चैत्र २०७७, आईतवार ०७:३७  

२९ चैत, राैतहट । आईपीएलकाे १४औं संस्करणमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए ।

यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे ।

यस्तै आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच चेन्नाईमा खेल हुनेछ ।