मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

   २८ चैत्र २०७७, शनिबार १३:३४  

२८ चैत, रौतहट । कैलालीमा शुक्रबार बेलुकी मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले पूर्व-पश्चिम राजमार्गको स्याउलेमा सडक अवरुद्ध पारेका छन् ।

गोदावरी वडा नम्बर ८ मा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रिन्स जोशीको काहलपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

बालकलाई ठक्कर दिएर फरार भएको मोटरसाइकल र चालक पत्ता लगाएर आवश्यक कारबाही हुनुपर्ने उनीहरले माग राखेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टलले जानकारी दिए ।

बिष्टलका अनुसार ठक्कर दिएर भाग्नेको खोजी भइरहेको छ ।