नेपालमा थपिए २८८ कोरोना संक्रमित

   २७ चैत्र २०७७, शुक्रबार १६:५९  

२७ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा २ हजार ६ सय १५ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।

यस्तै, विगत २४ घण्टामा थप १ सय २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ७ सय ३८ पुगेको छ ।

त्यसैगरी, शुक्रबार कोरोनाका कारण कसैको मृत्यु नभएपनि हालसम्म नेपालमा संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।