हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

   २७ चैत्र २०७७, शुक्रबार १२:४७  

२७ चैत, रौतहट । पर्साबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हुण्डी कारोबारमा संलग्न ४५ वर्षीय तवारख देवान, ५० वर्षीय उमेश शर्मा र ६० वर्षीय जोखन साई फकिरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा बुधबार दिउँसो कबिर २ः३० बजेतिर ना। ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चेक जाँच गर्ने क्रममा तवारख देवान र जोखन साईको साथबाट स्रोत नखुलेको १६ लाख रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनासंग थप सोधपुक्षका क्रममा सोही कारोबारमा संलग्न रहेका उमेश शर्मालाई पनि पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट ७ दिन म्याद थपी गरी पक्राउ परेका तीनै जनालाई हिहरासदमा राखी यसबारे थप हनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।