थप ३३२ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
२६ चैत्र २०७७, बिहीबार १७:२१
२६ चैत, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना सकंमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार ६ सय जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख ७७ हजार १ सय पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।